सूर्य ज्योति लाइफद्धारा बीमा दाबी भुक्तानी

१५ पुष २०८०, आईतवार १९:१२

काठमाडौं। सूर्य ज्योति लाइफ इन्सोरेन्स कम्पनीले गुल्मीमा मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

जिल्लाको मुसिकोट नगरपालिका(३ निवासी रुपा महत क्षेत्रीलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो । यस कम्पनीमा सूर्यज्योति धन लाभ बीमा गरेका बिमल महतको मृत्यु भएपछिउनका हकवाला रुपा महत क्षेत्रीले मृत्यु दाबी भुक्तानीका लागि कम्पनीमा निवेदन दिएको थियो ।

बीमीतले तीन वर्ष अगाडी साविक ज्योति लाइफ९हाल सूर्यज्योति लाइफ० इन्सोरेन्सबाट बीमा गरेको थियो । उनले वार्षिक ७५ हजार ९ सय १० का दरले तीन वर्ष सम्म ९जम्मा रु।२ लाख २७ हजार ७ सय ३० ० बीमा शुल्क भुक्तानी गर्नुभएको रिडि शाखा प्रमुख हुमा पोखरेलले जानकारी दिनुभयो ।

सोही अनुसार मृत्यु दाबी बापत बीमाङ्ग रु।१० लाखको दुर्घटना बापतको बीमाङ्ग रकम तथा आर्जित बोनस बापत रुकम रु।१ लाख ९१ हजार ६६७ गरि कुल निज बीमितले कम्पनीमा बीमालेख धितो राखी लिइएको ऋण रकम रु।१ लाख ४८ हजार १ सय ७२ तथा सोमा लागेको ब्याज रकम रु।८ सय २३ बीमा शुल्क बापतको रकम कट्टा गरि बाँकी रहेको रकम रु। २० लाख ३५ हजार २६२ रकम हस्तान्तरण गरिएको हो ।

बीमा दाबी भुक्तानी रकम मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवन खरेल, वडाअध्यक्ष शंकर रायमाझी, ग्लोबल बैंक गुल्मीका प्रमुख योगेन्द्र रायमाझी सूर्य ज्योति लाइफ इन्सोरेन्सका रिडि शाखा प्रमुख हुमा पोखरेलले सो दाबी रकम हस्तान्तरण गरेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*