हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको बुक क्लोजको मिति तय
१५ पुष २०८०, आईतवार १८:४७
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले यसपटक सेयरधनीलाई करसहित ५।२६३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
कम्पनीको पुस ४ गते बसेको सञ्चालक समिति बैंठकले लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न यसले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ एचआइडीसीएलले बुधबार पुस १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंगलबार पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र यस कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।