आइएमई लाइफले बीमा दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले डडेल्धुरा शाखाले मृतकको घरमै पुगेर बिमित परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । आलिताल गाउँपालिका–१ तोलीकी ४६ वर्षीया नारुदेवी बोहराको मृत्यु भएपछि आइतबार एक कार्यक्रमका बीच बिमित परिवारलाई मृत्यु दाबी भुक्तानी उपलब्ध गराएको डडेल्धुरा शाखाका शाखा प्रमुख टेकबहादुर ठकुल्लाले बताए।
२०७५ मंसिर २६ गते बोहराले आफ्नो नाममा १ लाख रुपैयाँ बिमाङ्कको बीमा गराएर वार्षिक ६ हजार ८ सय ९८ रुपैयाँका दरले ५ वर्षको प्रिमियम मात्र बचत गरेकी थिइन्।बिमित बोहराको रुखबाट खसेर केही दिनअघि मृत्यु भएपछि आईएमई लाइफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रमुख हुकुम डाँगी, शाखा प्रमुख टेकबहादुर ठकुल्ला र अभिकर्ता टिकेश्वरी बोहरा मृतकको घरमै पुगेर सोही वडाका वडाध्यक्ष यज्ञबहादुर देउवाको उपस्थितिमा मृत्यु दाबी भुक्तानी गरिएको हो।
नारुदेवीका श्रीमान मीनबहादुर बोहरालाई मृत्यु दाबी भुक्तानी स्वीकृति हस्तन्तरण गरिएको शाखा प्रमुख ठकुल्लाले बताए। बोहराले ३४ हजार ४९० मात्रै जम्मा गरेकोमा बिमाङ्कको दोब्बर रकम २ लाख र बोनस १७ हजार ७ सय गरी कूल २ लाख १७ हजार ७ सय पाएका छन्।
कार्यक्रममा वडाध्यक्ष देउवाले यसरी दुःखद घडीमा घरमै पुगेर छिटोछरितोका साथै सहज दाबी भुक्तानी गर्ने आम मानिसको विश्वासिलो भएको आईएमई लाइफ इन्स्योरेन्समा आफू र आफ्नो घरपरिवारको सुरक्षाको लागि जीवन बीमा गर्न सबैलाई अनुरोध गरे।
क्षेत्रीय शाखा प्रबन्धक डाँगीले बीमाको महत्त्व दर्शाउँदै आफ्नो भविष्यका आवश्यकताहरू सहजै परिपूर्ति गर्न र यस्तै खाले मानव जीवनका समस्याहरुको जोखिम बहन एवंम हस्तान्तरण गर्न आर्थिक अवस्थाअनुसार जीवन बीमा गर्न आग्रह गरे। उक्त कार्यक्रममा आईएमई लाइफ इन्स्योरेन्सका कर्मचारी, अभिकर्ता, जनप्रतिनिधि र स्थानीयबासीको उपस्थिति रहेको थियो।