उद्योग तत्काल सुचारू गर्ने वातावरण बनाओैं, फर्जी बिल फिर्ता हुनुपर्छः साहिल अग्रवाल

१५ पुष २०८०, आईतवार १३:३८

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएका उद्योग सञ्चालकले तत्काल उद्योग सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने र फर्जी बिल फिर्ता हुनुपर्ने माग राखेका छन् । आइबार पीडित उद्योगीहरुका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा स्टील व्यवसायी साहिल अग्रवालले उद्योग बन्द हुँदा सिंगो मुलुकलाई नोक्सान भइरहेको बताउँदै तत्काल उद्योग खोल्ने वातावरण बनाउनु पर्ने बताए ।

उनले भने, ‘यो उद्योगीको मात्रै नोक्सान होइन । सिंगो नेपालको नोक्सान हो । त्यस कारण फर्जी बिल फिर्ता लिएर तत्काल उद्योग सञ्चालन गर्ने वातावरण बनाइनुपर्छ ।’ उनले आफुलाई अधिकार नभएको ठाउँमा हात हालेर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गर्ने नहुने काम गरेको बताए ।

उनले भने, ‘एआरटीले स्पष्ट रुपमा २४ घण्टा विद्युत लैजानसक्ने निधो गर्दा कुलमानले आफु हिरो बन्नलाई क्षेत्राधिकार बाहिर गएर बिल जारी गरेका हुन् । खराब नियतले उनले यसो गरेका हुन् ।’ लोडसेडिङ अन्त्य भइसकेपछि पनि उनले त्यसअघिको फर्जी बिल जारी गरेर गैरकानूनी काम गरेको आरोप समेत अग्रवालले लगाए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*