बिल पाए बिद्युत महसुल तिर्न तयार छौं : पीडित उद्योगी

१५ पुष २०८०, आईतवार १३:०८

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरे बापतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएका उद्योग सञ्चालकहरुले प्रमाणीत बिल पाए महसुल तिर्न तयार रहेको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गरेर पीडित उद्योगीहरुले प्राधिकरणले आफुहरुले विद्युत उपयोग गरेको प्रमाण दिए बिल तिर्न तयार रहेको बताएका हुन् ।

उनीहरुले भने, ‘प्राधिकरणले अदालतमा प्रमाण बुझाउने भनेको छ । क्रेता हामी हो । हामीभन्दा आधिकारिक ठाउँ कहाँ हुन्छ ? होला ।’ पीडित उद्योगीहरुले त्यतिबेला कानून विपरीत विद्युत दिने प्राधिकरणका कर्मचारीलाई किन कारबाही नगरिएको ? भन्दै प्रश्न समेत गरे ।

प्राधिकरणले ६१ वटा उद्योगले बिल नतिरेको भने पनि बाँकी ५२ वटालाई बिलै जारी नगरिएको पीडित उद्योगीहरुको आरोप छ । उनीहरुले आफु्हरुलाई मात्रै नियोजित रुपमा छानी छानी प्रताडित बनाएको समेत उनीहरुले आरोप लगाएका छन् । ६१ वटा उद्योग एकै चोटी बन्द भए त्यसको जिम्मा प्राधिरणले लिनुपर्ने भन्दै उनीहरुले विद्युत प्राधिकरणको कदमप्रति आक्रोश पोखेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*