सलिकोको दक्षता अभिवृद्धि तालिम सम्पन्न
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कार्यरत कर्मचारीहरूको पेसागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम (इन हाउस ट्रेनिङ) सम्पन्न गरेको छ । कम्पनीले बर्दिया जिल्लामा पुस ९ र १० गते उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कम्पनीले आफ्ना कर्मचारीको पेसागत क्षमता बढाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । कम्पनीका सञ्चालक गजेन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अन्डरराइटिङ, दाबी, मानव संसाधन, ब्रान्डिङ र ग्राहक सेवालगायतका विषयमा प्रस्तुतिकरण दिइएको थियो ।
प्रशिक्षण कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, प्रदेश प्रमुख र विभागीय प्रमुखहरूले आ–आफ्नो प्रस्तुति दिएका थिए । आयोजना गरिएको कार्यक्रममा ६५ जनाभन्दा बढी कर्मचारीको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।