व्यतित बीमालेख नवीकरण गर्दा सूर्यज्योति लाइफले ३५% छुट दिने
१५ पुष २०८०, आईतवार ०८:५४
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी गरिएका व्यतित बीमालेख नवीकरणमा कम्पनीले ३५ प्रतिशत छुट दिने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै पुस १५ गतेदेखि २२ गतेभित्र नवीकरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा उक्त छुट दिने जनाएको हो । साथै, कम्पनीले यस अवसरको सदुपयोग गरी आफ्नो बीमालेख सक्रिय बनाउन आग्रहसमेत गरेको छ ।