कमिशनका लागि राष्ट्रघात गर्दै मन्त्री किराँती, त्रिभुवन विमानस्थल भारतलाई ठेक्कामा दिएर करोडौं हत्याउने दाउ
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र सुशासनका कुरा गरिरहेका छन् तर यही मन्त्रिपरिषदका एक जना सदस्य भने भारतीय डिजाईनमा काठमाडौंस्थित त्रिभुवन विमानस्थल भारतीय कम्पनीलाई ठेक्कामा दिएर करोडौं रुपैयाँ कमिशन कुम्ल्याउने दाउमा रहेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई गलत ब्रिफिङ गर्दै पर्यटन मन्त्री किराँतीले भारत सरकारकै मुख्य स्वामित्व भएको आईएल एण्ड एफएस नामक निजि विदेशी कम्पनीलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थल ठेक्कामा दिने प्रक्रियालाई अगाडि बढाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरिरहेको बेला आफ्नो मन्त्री पद जानु अघि नै भारतीय लगानीको आईएल एण्ड एफएस नामक निजि कम्पनीलाई सुम्पन हतार गरिरहेका छन् । मन्त्री किराँती पछिल्लो समय काठमाडौंस्थित भारतीय दुताबासका अतिथि बनेर सार्वजनिक कार्यक्रमहरुमै उपस्थित भइरहेका छन् । उनका पछिल्ला गतिविधिहरु शंकास्पद बन्दै गइरहेको बेला त्रिभुवन विमानस्थल नै भारतीय कम्पनीलाई ठेक्कामा दिन खोजेको तथ्य फेला परेको छ ।
मन्त्री किराँतीले हिजो राष्ट्रिय सभा अन्तर्गतको सरकारी आश्वासन समितिमा बोल्दै काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धेरै यात्रुको चाप धान्न नसक्ने भन्दै बैकल्पिक व्यवस्था गर्नुपर्ने बताएका थिए । साथै उनले केही साता पहिले सामाजिक सञ्जालमा स्टाटस लेख्दै काठमाडौं विमानस्थल भाडामा दिँदा के हुन्छ ? भन्दै सुझाव मागेका थिए ।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भारतले धेरै पहिलादेखि नै आँखा लगाउँदै आएको छ । २०७२ सालमा पनि विमानस्थल ठेक्कामा लिने अन्तिम तयारी भइरहेको बेला सञ्चार माध्यममार्फत सो तथ्य बाहिरिएपछि रोकिएको थियो । संक्रमणकालिन अवस्था र कमजोर सरकारको फाइदा उठाएर नेपालका नेता र मन्त्रीहरुलाई पैसामा किनेर महत्वपूर्ण सम्पत्ति र सामरिक महत्वका चिजहरु हत्याउने भारतीय योजना अन्तर्गत मन्त्री किराँतीलाई करोडौं रुपैयाँ कमिशन सेटिङमा भारतले त्रिभुवन विमानस्थल हात पार्न तीव्र प्रयास गरिरहेको छ ।