यी वाणिज्य र विकास बैंकहरुले अझै डाक्न सकेन साधारणसभा
१४ पुष २०८०, शनिबार ०९:४५
काठमाडौं । वाणिज्य बैंकमध्ये तीनवटाले पुस मसान्तभित्र वार्षिक साधारणसभा नगर्ने भएका छन् । बाँकिले साधारणसभा सम्पन्न गरिसकेको छ भने कतिले डाकिसकेको छ।
समयमा नै सभा गर्न नसक्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र कृषि विकास बैंक रहेका छन् ।
वाणिज्यमात्रै नभएर ६ विकास बैंकले पनि वार्षिक साधारणसभा पुस मसान्तसम्म गर्न नसक्ने भएका छन् । नारायणी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंकले पुस मसान्तसमा सभा गर्न नसक्ने भएका हुन् । यी बैंकले सेयरधनीका लागि लाभांश घोषणासमेत गरेका छैनन् ।