सानिमा रिलायन्सको पहिलो टिओटी बिजेता बनिन् नमिता न्यौपाने, देशैभरिका महिलाको क्षमता अभिबृद्धि गर्दै अघि बढ्ने प्रतिबद्धता
काठमाडौं । जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी विराटनगरकी समाजसेवी नमिता न्यौपानेले छोटो अवधीमा नै आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा स्थापित गर्दै दोस्रो टिओटी बिजेता बन्न सफल भएकी छिन् ।
आज डिसेम्वरको २९ तारिखका दिन नमिता न्यौपानेले टिओटीको लक्ष्य चुम्न सफल भएकी हुन् । कम्पनीका अनुसार टिओटीका एमडिआरटीले तोकेको दुई करोड ५० लाख २९ हजार रुपैयाँ बीमा शुल्कको लक्ष्य पुरा गरी टिओटी बिजेता बनेकी हुन् ।
हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमार्फत व्यवसाय गर्दै आएकी नमिताले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकै पहिलो इतिहास रच्दै टिओटी बिजेता बन्न सफल भएकी हुन् । बीमा क्षेत्रमा लागेको छोटो अवधीमा नै उनी पाँच पटक एमडिआरटी, तीन पटक सिओटी र दुई पटक टिओटी बिजेता बनेर देशैभरिका महिलाहरुलाई उदाहरणीय बन्न सफल भएकी छिन् ।
निरन्तरको प्रयास, कडा मेहनत र जीवन बीमालाई पूर्णकालिन पेशा बनाएर अघि बढेकी नमिताले छोटो अवधीमा नै उत्कृष्ट काम गर्दै आश्चर्यजनक नतिजा हासिल गर्न सफल भएकी छिन् । नमिताले एमडिआरटीमा २०२० देखि हालसम्म लगातार छनौट हुँदै आएकी छिन् । त्यस्तै, सिओटी २०२१, टिओटी २०२२ र २०२४ बिजेता भइसकेकी छिन् । टिओटीमा २०२२ का लागि बिजेता भएर अमेरिका नै पुगेर बार्षिक बैठकमा सहभागी भएकी नमिता सन् २०२४ का लागि पुनः टिओटी बन्न सफल भएकी छिन् । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म टिओटी बिजेता बनेसँगै नमिताले देशैभरिका महिलाहरुको क्षमता अभिबृद्धि गरेर अघि बढ्ने प्रतिबद्धता जनाएकी छिन् ।
नमिता न्यौपाने रिलालयन्स लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट दुई वर्ष अघि पनि बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म टिओटीको लक्ष्य चुम्न सफल भएकी थिइन् । टिओटी बिजेता भएपछि गत वर्षको असार दोस्रो साता एमडिआरटीको बार्षिक सम्मेलनमा भाग लिन नमिता अमेरिकाको बोस्टनमा आयोजित कार्यक्रममा भाग लिएकी थिईन् । नमिताले दोस्रो पटक टिओटीमा सफल लक्ष्य चुमेकी हुन् । बीमा अभिकर्ताहरुको जीवनको लक्ष्य बन्ने गरेको टिओटी दुई करोड ५० लाख रुपैयाँको लक्ष्य पुरा गरेपछि खुशी हुँदै भनिन्, ‘बीमा अभिकर्ताहरुको सामूहिक प्रयास, मेहनती नेतृत्व क्षमताबाट मात्रै सफलता मिल्नेछ ।’ टिओटी बिजेता नमिताले अब देशैभरिका बीमा अभिकर्ताहरुलाई बीमाको पहुँच बृद्धिका लागि थप उत्प्रेरणा दिने कार्यमा जुट्ने प्रतिबद्धता जनाएकी छिन् ।
बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटीको सर्वोच्च लक्ष्य टप अफ दि टेवल (टिओटी) हो । अन्तर्राष्ट्रिय प्लेटफर्ममा एमडिआरटी, सिओटी र टिओटी तीन वटा तह हुन्छन् । बीमा अभिकर्ताहरुको लागि टिओटी सबैभन्दा उच्च तहको अन्तर्राष्ट्रिय सम्मान हो ।
टिओटी बिजेता न्यौपानेले कम्पनीकोतर्फबाट प्राप्त सहयोग, टिममा सामूहिक कामको नतिजाको प्रतिफल स्वरुप आफू टिओटीमा पुग्न सफल भएको प्रतिक्रिया दिएकी छिन् । साथै उनले टिममा रहेर काम गर्ने सबैप्रति र बीमक कम्पनीका सिईओ र सबै कर्मचारीहरुप्रति आभार व्यक्त गरेकी छिन् । नमिताले आगामी दिनमा देशैभरिका महिलाहरुलाई बीमा व्यवसायमा अघि बढ्न हौसला दिँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छिन् । उनले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा अझै उत्कृष्ट बीमा व्यवसाय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
एमडिआरटी बीमा अभिकर्ताहरुको व्यवसायिक दक्षता बृद्धिका लागि महत्वपूर्ण प्लेटफर्म हो । टिओटी २०२४ आगामी जुनमा क्यानाडामा आयोजना हुँदैछ ।
कोरोना बीमाको बाकि भुक्तानी बारेमा पनि समाचार बनाउनु पर्यो। म जस्ता धेरै बिमितले भुक्तानी पाएका छैनन् ।