वर्षदिनमा नेपाल इन्स्योरेन्सका सीईओसहित सञ्चालकहरुले कति बुझे तलव, भत्ता ?

१३ पुष २०८०, शुक्रबार १७:०८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा सभा सम्पन्न भएको हो ।

सभाले पारित गरेको आर्थिक वर्ष २०७९।८० को वित्तीय विवरण अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिके महर्जनले तलव, भत्ता वापत कुल ७४ लाख ५१ हजार रुपैयाँ बुझेका छन् । साथै, कम्पनीका प्रबन्धक तथा सो भन्दा माथिका पदाधिकारीहरुलाई पारिश्रमिक, भत्ता तथा सुविधा बापत तीन करोड १० लाख ८५ रुपैयाँ भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

साथै, आर्थिक वर्ष २०७९।८० मा सञ्चालक समितिलाई बैठक भत्ता वापत जम्मा १८ लाख २० हजार रुपैयाँ कम्पनीले उपलब्ध गराएको छ ।

आज बसेको सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९ रुपैयाँको १० प्रतिशत बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*