बालकुमारी झडपमा परेका अर्का युवाको पनि मृत्यु
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा भाइते अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचार गर्दै गर्दा अछाम चौरपाटीका २१ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले बताए ।
यसअघि किस्ट अस्पतालमा उपचाररत दैलेखका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । राउतको छातीमा निलो दाग देखिएको छ । पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फाराम भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको छ । पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।
उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षामा उनीहरुलाई पनि सहभागि गराउन उच्च अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अन्य विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि प्रदर्शन भएको हो ।