बेरोजगार युवाको छातीमै प्रहरीद्वारा गोली प्रहार

१३ पुष २०८०, शुक्रबार १५:१२

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको विरोधमा प्रदर्शनका उत्रिएका बेरोजगार युवाहरुलाई प्रहरीले गोली हानेको छ । प्रहरीले बेरोजगार युवाहरुको छाती ताकेर गोली हानेको प्रमाणहरु फेला परेका छन् ।

ललितपुरको बालुकुमारीमा युवाहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडीमा आगजनी गरिदिएपछि प्रहरीले उनीहरुमाथि बल प्रयोग गरेको हो । एक युवाले आफुले छातिमा भिरेको झोला छेडेर भित्र पसेको गोलीले मोबाइल प्वाल पारेको र आफ्नो ज्यान जोगिएको बताए ।

झोला छेडेर मोबाइल प्वाल पार्ने गोली उनले आफ्नो साथमा राखेका छन् । प्रहरीले बल प्रयोग गर्दा एक युवाको मृत्यु भएको छ भने एक जनालाई आइसीयुमा भर्ना गरिएको छ ।

ग्वार्कोस्थित इपीएस कार्यालयमा जम्मा भएका युवाहरुले चक्रपथमा उत्रिएर सडक अवरुद्ध पारेका थिए । त्यसक्रममा उनीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी रोकेर आगजनी गरे ।

युवाहरुले अन्य गाडीमा पनि तोडफोड गरेका छन् । १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*