मंसिरमा निर्जिवन बीमा कम्पनीहरुको बीमा व्यवसाय साढे २ अर्बमाथि, कुनको कति ?

१३ पुष २०८०, शुक्रबार १३:०९

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत मंसिर महिनामा २ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक महिनाको मंसिर महिनामा भने निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ६१ करोड रुपियाँ बीमाशुल्क संकलन गरेका थिए । गत अािर्थक बर्षको तुलनामा कमपनीको बीमाशुल्क आर्जन वृद्धि भएको देखिएको छ।

यसअवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको) कम्पनीले आर्जन गरेको छ ।

उक्त कम्पनीले ३९ करोड ४३ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेको हो । त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३१ करोड ८० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले ३० करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*