बीमा प्राधिकरणद्वारा छोटो अवधिको ‘खेलकूद बीमालेख’ स्वीकृत

१३ पुष २०८०, शुक्रबार ११:३०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले खेलकूद बीमालेख स्वीकृत गरेको छ । प्राधिकरणले शुक्रबार स्वीकृत गरेको ‘खेलकूद बीमालेख’ बीमित अथवा बीमालेख धारकले बीमाशुल्क भुक्तानी गरिसकेपछि मात्रै प्रारम्भ हुने भनिएको छ ।
यो बीमालेखको अवधि एक वर्ष अथवा त्यो भन्दा कम अवधिको हुने र बीमकले सात दिन भन्दा कम अवधि राखेर बीमालेख जारी गर्न नहुने भनिएको छ ।

यस्तै, बीमकको तर्फबाट सहिछाप भएको रसिद जारी नभएसम्म बीमाशुल्क भुक्तानी भएको नमानिने नियम खेलकूद बीमालेखमा राखिएको छ । बीमित अर्थात् बीमालेख धारकबाट पूरा कागजात प्राप्त भएको बढीमा पैंतिस दिनभित्र बीमकले बीमा दाबी भुक्तानी गर्नुपर्ने भनिएको छ ।

यस्तै, यो बीमालेख अन्तर्गत औषधि उपचार खर्च दुई हजार पाँच सय रुपैयाँ सम्मको रकम दाबी गर्न नपाइने भएको छ । तर, बीमायोग्य दावी रकम दुई हजार पाँचसय रुपैयाँ भन्दा बढी भएमा बीमकले पूर्ण दाबीयोग्य रकम उपलब्ध गराउनु पर्ने भनिएको छ ।

खेल रद्ध भएमा, बीमालेख खारेज गर्नु परेमा तथा जोखिम रक्षावरण गर्ने समय परिवर्तन गर्नु परेको खण्डमा पूरा प्रमाणसहित बीमहले सम्पपुष्टि जारी गर्न सक्ने कुरा स्वीकृत खेलकूद बीमालेखमा उल्लेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*