पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा आवेदन भर्नेको लिखित परीक्षा कार्यक्रम प्रकाशित (सूचनासहित)
१३ पुष २०८०, शुक्रबार १०:१०
काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रष्ठिान रविभवनले लोक सेवा आयोगमार्फत हुने परीक्षाको कार्यक्रम प्रकाशित गरेको छ । प्रष्ठिानले शुक्रबार विज्ञापन प्रकाशित गरी आन्तरिक प्रतिष्पर्धा , खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको कार्यक्रम सार्वजनिक गरेको हो ।
जसमा खुलातर्फ बरिष्ठ लाइब्रेरियन ४४ जना र प्रमुख प्रशिक्षक ८ जना माग गरिएको छ । सबैभन्दा धेरै महिलातर्फ वरिष्ठ सहायक ६६ जना र सहायक लेखापाल ६० जना माग गरिएको छ । मधेशी ७ जना मागिएकामा अन्य आन्तरिक प्रतिष्पर्धाबाट छनोट गरिने बताइएको छ ।