अपर तामाकोशीको १ करोड ७० लाख कित्ता शेयरमा आजदेखि आवेदन दिन सकिने

१३ पुष २०८०, शुक्रबार ०९:०१

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर बोलपत्रद्वारा बिक्री खुला गरेको छ। कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गर्नुपर्नेछ । सो शेयर खरिद गर्न योग्य एवम् इच्छुक जोकोहीले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाई पुस २९ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ ।

आवेदन कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौं वा सह निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौं साथै, लक्ष्मी सनराईज बैंकका अन्य तोकिएका शाखा कार्यालयमा पेश गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*