भूगोल इनर्जि डेभलपमेन्टले डाक्यो साधारणसभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको संचालक समितिको पुस १२ गते बसेको बैठकले सभा माघ ६ गते शनिबार काजिको किचेन, पुरानो बानेश्वर, काठमाडौंमा बिहान ९ बजेदेखि बोलाएको हो ।
यस कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभाले संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । गत वर्षको लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । त्यस्तै, सभामा चालु आवका लागि लेखापरीक्षको नियुक्त गर्ने र संचालकहरुको निर्वाचन गर्नेसमेत एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।