नेप्से झिनो अंकले घट्यो, ४ अर्बको शेयर कारोबार हुँदा उत्पादमूलक र होटलमा उछाल
१२ पुष २०८०, बिहीबार १५:११
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से १।९३ अंकले ओरालो लागेर बन्द भएको छ। शेयर बजारमा ओरालो लाग्दा नेप्से २०६८।९० को विन्दुमा कायम भएको छ।
३०३ सूचीकृत कम्पनीको १ करोड १६ लाख ५८ हजार १ सय १० कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज ६ उपसूचक बाहेक सबै राताम्मे भएको छ। आज उत्पादमूलक र प्रशोधित क्षेत्र र होटल एण्ड टुरीजम सेक्टरमा उछाल आएको छ।