७ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
१२ पुष २०८०, बिहीबार १५:०६
काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज ३. ९४ अंकले घटेर २०६६.८९ को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसतापनि सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार भिजन लुम्बिनी उर्जा कम्पनी, चिरख्वा हाइवड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लगायतका कम्पनीमा सर्किट लागेको छ ।
बिहीबार शेयर बजारमा कारोबारमा भएका ३०३ कम्पनीहरुमध्ये ९१ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।