विदेश जाने श्रमिकलाई निःशुल्क तालिम दिन कसैले गरेनन् मन्त्रालयमा सूची दर्ता, मन्त्री भण्डारी कमाउ धन्दामा

१२ पुष २०८०, बिहीबार १०:०३

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले लिनुपर्ने तालिमको शुल्क चार गुणाले बढाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निःशुल्क तालिम सञ्चालन गर्ने संस्थाहरुलाई सूचीकृत हुन आउने सम्बन्धी सूचना दोस्रो पल्ट प्रकाशित गर्नु परेको छ ।

मन्त्रालयले यसअघि मंसिर २५ गते वैदेशिक रोजगारमा जाने श्रमिकहरुका लागि निःशुल्क तालिम सञ्चालन गर्ने संस्थाहरुलाई सूचीकृत हुने सम्बन्धी सूचना प्रथमपटक प्रकाशित गरेको थियो । सूचना प्रकाशित भएको १५ दिनभित्र कोही पनि सूचीकृत हुन आएनन् । मन्त्रालयले फेरि १५ दिनको समय राखेर दोस्रो पटक सूचना प्रकाशित गर्नु परेको छ ।

 

विगतमा ७ सय रुपैयाँमा १२ घण्टाको कक्षा लिइरहेका श्रमिकलाई अब तीन दिन १८ घण्टा कक्षा दिने गरी २८ सय रुपैयाँ शुल्क तोक्ने निर्णय गरेपछि श्रम मन्त्रालय एवं मन्त्री शरतसिंह भण्डारीको चौतर्फी विरोध भइरहेको छ । त्यही बेला मन्त्रालयले निःशुल्क तालिमका लागि सूचीकृत हुन आउन प्रकाशित गरेको सूचनालाई कसैले वास्ता गरेनन् ।

मन्त्रालय भने समयानुकुल तालिम प्रदायकको अफिस खर्च चलोस् भनेर प्रशिक्षणको समय र शुल्क दुबै बढाएको बताइरहेको छ । ट्रेड युनियन कांग्रेससहितका मजुर संगठनहरुले भने ऐन, कानून विपरीत मन्त्री भण्डारी बेइमानीपूर्व कमाउ धन्दामा लागेको आरोप लगाएका छन् । उनीहरुले निर्णय फिर्ता लिन समेत भनेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*