यी ८ कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
काठमाडौं । ८ वटा कम्पनीहरुको लाभांश सुनिश्चित गर्ने आज (पुस १२ गते) अन्तिम दिन रहेको छ । आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर, हिमालयन डिष्टिलरी, राधी विद्युत, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त र साना किसान विकास लघुवित्तको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर तथा हिमालयन डिष्टिलरीले पुस १३ गते, राधी विद्युत कम्पनीले पुस १५ गते तथा आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त तथा साना किसान विकास लघुवित्तले पुस १६ गते बुकक्लोज गर्दैछन्। जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुमात्र यी कम्पनीहरुको साधारण सभामा भाग लिन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
आइसिएफसि फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव राखेर पुस २९ गते, आइतबार, आम्रपाली ब्यांक्वेट, थिरबर सडक, भाटभटेनी, काठमाडौँमा बिहान १० बजेदेखि २० औँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यस्तै, सिक्लेस हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने विशेष प्रस्ताव राखेर पुस २७ गते शुक्रबार ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यसैगरी, हिमालयन डिष्टिलरीले १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेर पुस २५ गते बुधबार, लिपनिविर्तास्थित आफ्नो रजिष्टर्ड कार्यालयमा बिहान १० बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ।
यता, राधी विद्युत कम्पनीले हाल कायम चुक्ता पूूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव अघि सार्दै पुस २९ गते, आइतबार, आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सभा बोलाएको छ ।
आत्मनिर्भर लघुवित्तले कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न पुस २८ गते, शनिबार, होटल माला ईन, घोराही, दाङमा बिहान ११ बजेदेखि पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।
त्यसैगरी, साना किसान लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न पुस २९ गते, कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि २२ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
त्यस्तै, सपोर्ट लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव राखेर पुस २७ गते, शुक्रबार, दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा बिहान साढे ९ बजेदेखि नवौँ वार्षिक साधारण सभा बोलाएको छ ।
घोराही सिमेन्टले हाल कामय चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र सो बोनस शेयर वितरण गर्दा हुन आउने खंडित शेयरलाई पछि समायोजवना गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव राखेर पुस २८ गते दाङको घोराही उप महानगरपालिका वडा नं। १५ भरतपुरमा अवस्थित होटल पौवामा बिहान ९ बजेदेखि तेस्रो वार्षिक साधारण सभा बोलाएको छ।