नेप्से १७ अंकले घट्यो, निर्जिवन बीमा र म्युचुअल फण्ड बाहेक सबै उपसूचक राताम्मे
११ पुष २०८०, बुधबार १५:१३
काठमाडौं । निरन्तर बढी रहेको शेयर बजारमा अज घटेको छ। शेयर बजार ओरालो लागेपनि ७ अर्ब नजिक कारोबार हुँदै आएको नेप्सेमा आज साढे ५ अर्बको पनि कारोबार हुन सकेन ।
साताको चौथौ दिन नेप्से १७।२३ अंकले ओरालो लागेर २०७०।८४ को विन्दुमा कायम भएको छ।
नेप्से ओरालो लाग्दा ३०७ सूचीकृत कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज म्युचुअल फण्ड र निर्जिवन बीमा बाहेक सबैको उपसूचकमा गिरावट आएको छ।