८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
११ पुष २०८०, बुधबार १५:०७
काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आज १७ दशमलव २३ अंकले घटेर २०७० को विन्दुमा कायम भएको छ ।
बुधबार शेयर बजार घटेतापनि कारोबार भएका ८३ कम्पनीको शेयरमूल्य बढेको छ । कारोबार भएका कम्पनीहरुमध्ये ८ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ ।
जस अनुसार नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर लगायतको शेयरमा सकारात्कम सर्किट लागेको छ ।