धितोपत्र बोर्डका अध्यक्षले वरियताको क्रम तोडेर विनयदेव आचार्यलाई दिए निमित्तको कार्यभार

११ पुष २०८०, बुधबार १३:५५

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले कार्यभार सुम्पिने बेलामा समेत काम बिगारेर निस्केका छन् । आजदेखि बिदामा बसेका अध्यक्ष हमालले वरीयताक्रम तोडेर कार्यवाहकको जिम्मा व्यवस्थापकीय टिमका कार्यकारी निर्देशक विनयदेव आचार्यलाई दिएर निस्किएका हुन् ।

कार्यकालको अन्तिम समयमा बिदा बस्दा वरीयता क्रममा सबैभन्दा माथि रहेको कर्मचारीलाई कार्यवाहकको जिम्मा दिने चलन छ। तर हमालले  त्यो परम्परा तोडेका छन् । आचार्य वरीयता क्रमको दोस्रो नम्बरमा छन् ।

वरीयता क्रममा हमालपछि सबैभन्दा माथि कार्यकारी निर्देशक डा. नवराज अधिकारी छन्। हमालले अधिकारीलाई कार्यवाहकको जिम्मा दिएर गएनन् । यसअघि पनि उनी कहीँ कतै जाँदा निमित्तको भूमिका आचार्यलाई नै दिएर जाने गरेका थिए। र, यसपटक पनि कार्यकाल समाप्त हुँदा अधिकारीलाई नै निमित्तको जिम्मेवारी दिइने अनुमान गरिएको थियो। तर, हमालले अधिकारीलाई छोडेर आचार्यलाई तालाचाबी बुझाएर गए ।

उनले कार्यकाल सकिनुअघि लिइने बिदा नलिएर फोर्स लिभ लिएका कारण कार्यवाहको भूमिका आचार्यलाई दिएको बताइएको छ। वर्षमा निश्चित दिन बिदा लिनै पर्ने र त्यसको पारिश्रमिक समेत पाइने भएकोले सो बिदा हमालले लिएको बताइएको छ। उनी सात दिनपछि पुन धितोपत्र बोर्डमा हाजिर हुने छन्। आउने पुस १९ र २० गते बोर्डमा हाजिर हुने छन्। अन्तिम दिनसम्म नै काम गर्ने सोच बनाएका हमाल अन्तिम दिनसम्म नै काम गरेर बिदाइ लिने तयारीमा छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*