इमर्जिङ्ग नेपालको सञ्चालकमा अर्थका सहसचिव बराल नियुक्त
११ पुष २०८०, बुधबार १३:२८
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको सञ्चालकमा नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव भूपाल बराल नियुक्त भएका छन् ।
नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक पदमा रहेका ढुण्डी प्रसाद निरौलाको स्थानमा बराललाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
साथै, उनले पुस ९ गतेका दिन सञ्चालक सदस्यको पद तथा गोपनियताको शपद लिई पदभार समेत ग्रहण गरेका छन् ।