५ जनामा को बन्ला नागरिक लगानी कोषको कार्यकारी निर्देशक ?

११ पुष २०८०, बुधबार ११:४४

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये पाँच जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । अन्तर्वार्ताका लागि पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा.शिवहरी श्रेष्ठ छनोट भएका हुन् । उनीहरुलाई पुस १७ गते अन्तर्वार्ताका लागि बोलाइएको छ ।

रमण नेपाल सेवानिवृत्त भएपछि रिक्त पदमा सार्वजनिक आवेदन माग गरिएको थियो । पर्वतकुमार कार्की राष्ट्र बैंकका क्याडर हुन् । कार्की नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए ।

राजेन्द्र पण्डित राष्ट्र बैंकका पूर्व निर्देशक हुन् । गभर्नर कार्यालयमा लामो समय काम गरेका उनी कार्यकारी निर्देशकमा बढुवा हुने बेलामा सेवानिवृत्त भएका थिए । उनीसँग बैंकिङ, नियमन, सुपरीवेक्षणका साथै विदेशी विनिमयको राम्रो अनुभव छ ।

लेखनाथ शर्मा पङ्गेनी सरकारी कर्मचारी हुन् । उनीसँग वित्तीय क्षेत्रमा काम गरेको अनुभव भने छैन । विश्वमोहन अधिकारी फाइनान्स कम्पनी र विकास बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ भइसकेका छन् ।

उनी अहिले युवा स्वरोजगार कोषमा छन् । डा. शिवहरी श्रेष्ठ नेपाल खाद्य संस्थानका पूर्व प्रमुख हुन् । उनीमाथि भ्रष्ट्राचारको अभियोग लागेको विवरण छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*