बीमा कम्पनीबाहेक तीन दर्जन सूचीकृत कम्पनीको सधारणसभा पुस मसान्तभित्रै, लाभांश प्रस्ताव भने न्यून
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना अवधि पुरा हुन लाग्दा विभिन्न कम्पनीहरुले साधारण सभा डाकेका छन् । सभा बोलाउन थालेसँगै गत वर्षको मुनाफाबाट लाभांश प्रस्ताव नराखि सभा आह्वान गर्ने कम्पनीहरुको संख्या बढ्दै गएको हो ।
पुस मसान्तअघि तीन दिनको बीचमा तीन दर्जन सूचीकृत कम्पनीहरुले सभा डाकेका छन् । बैंक, वित्तीय संस्था, उत्पादनमूलक, जलविद्युत् लगायत समूहका कम्पनीले पुसमा साधारणसभा बोलाएका हुन् । केही कम्पनीहरुले भने अझैसम्म पनि सभा बोलाएका छैनन् ।
साधारणतया पुस महिनामा बीमा कम्पनीबाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरुले साधारण सभा यसअघिका वर्षहरुमा गर्दै आइरहेका थिए । यो वर्ष भने अझै तीन दर्जन बढी नेप्सेमा सूचीकृत कम्पनीहरुले साधारण सभा पुस महिनाभित्र गर्न सक्ने अवस्थामा नरहेको देखिन्छ ।
एजीएमको चटारो पर्ने वर्ष भएतापनि तीन दर्जन नेप्सेमा सूचीकृत कम्पनीहरुले साधारण सभा बोलाउन सकेका छैनन् । पुस १५ गते अघिसम्म कम्पनीहरुले सधारण सभा बोलाउन सक्ने शेयर बिश्लेषकहरुको धारणा छ ।
सभा बोलाएका कम्पनीहरु मध्यबाट पनि लाभांश प्रस्ताव बिना नै सभा बोलाउने कम्पनीहरुको सूची बढ्दै गइरहेको छ । यसरी लाभांश नराखि सभा बोलाउने कम्पनीहरुको सूचीमा गुडविल फाइनान्स पनि थपिएको छ । यो कम्पनीले गत वर्षमा पनि लाभांश वितरण गरेको थिएन् ।
प्राइम कमर्सियल बैंकले पनि लाभांश प्रस्ताव नराखि पुस २९ गते अमृतभोग क्याटर्स, काठमाडौंमा बिहान ११ बजदेखि सभा बोलाएको छ । यस बैंकले सभा प्रयोजनार्थ पुस १९ गते बुक क्लोज गर्दैछ ।
ज्योति विकास बैंकले पनि लाभांश बिना नै पुस २९ गते सभालिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि सभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले पुस १६ गते बुक क्लोज गर्दैछ ।
त्यस्तै, लाभांशको प्रस्ताव नगरेको नेपाल बैंक लिमिटेडले पुस २९ गते बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा बिहान ११ बजेदेखि साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ यस बैंकको बुक क्लोज पुस २० गते हुनेछ ।
त्यसैगरी बिना लाभांश साधारणसभा बोलाउने कम्पनीको सूचीमा सप्तकोशी डेभलपमेन्ट बैंक पनि परेको छ । बैंकको सभा पुस २९ गते कञ्चनजंघा पार्टी प्यालेस, पञ्चाली रोड, विराटनगर, मोरङमा ११ बजेबाट सुरु हुनेछ । सभा प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्दैछ ।
यता लाभांश प्रस्ताव नगरेको बीपीडब्लू लघुवित्तले पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा जावलाखेल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ । साधारणसभा प्रयोजनका लागि यस कम्पनीले पुस १७ गते बुक क्लोज गर्नेछ ।
घलेम्दी हाइड्रोपावरले पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा सासा ब्याक्वेट नयाँबजार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । घलेम्दी पनि लाभांश प्रस्ताव नगर्ने कम्पनी हो । साधारणसभा प्रयोजनका लागि कम्पनीको बुक क्लोज पुस १८ गते हुँदैछ ।
त्यसैगरी, गणपति लघुवित्त वित्तीय संस्थाको साधारणसभा पुस २९ गते संस्थाको केन्द्रीय कार्यालय शुक्लागण्डकी न.पा–४, दुलेगौंडा, तनहुँमा बिहान ११ बजेदेखि बस्दैछ । सभा प्रयोजनार्थ कम्पनीको बुक क्लोज पुस २० गते हुँदैछ । संस्थाले यस वर्ष लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
यता मनकामना इन्जिनियरिङ हाइड्रोपावरले पनि यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांश प्रस्ताव बिना नै पुस २८ गते रोयल दरबार रेस्ट्रो पन्ड भेन्यु, महाराजगन्जमा दिउँसो २ बजेबाट सभा बोलाएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछ ।
गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले पुस २८ गते साधारणसभा बोलाएको छ । सभा गुह्येश्वरी भवन, पुल्चोक, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीको बुक क्लोज पुस २० गते हुँदैछ । कम्पनीले लाभांशको प्रस्ताव राखेको छैन् ।
रिडी पावर कम्पनीले पनि लाभांश प्रस्ताव नराखि साधारणसभा डाकेको छ । कम्पनीले लाभांश नदिने घोषणा गर्दै पुस २८ गते साधारणसभा बोलाएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्दैछ ।