जीवन बीमा अभिकर्ताको परीक्षा आजदेखि सञ्चालन

११ पुष २०८०, बुधबार ११:२४

काठमाडौं । जीवन बीमा अभिकर्ताहरुको परीक्षा आजदेखि सञ्चालन भएको छ । नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरुको परीक्षा अनलाइन माध्यमबाट सञ्चालन गरेको हो ।

बीमा प्राधिकरणले आफ्नो आधिकारिक वेबसाईट मार्फत जीवन बीमा अभिकर्ताहरुको अनलाईन परीक्षाको तालिका सार्वजनिक गरेको थियो । सोही तालिका अनुसार परीक्षा सञ्चालन भएको छ ।

सार्वजनिक तालिका अनुसार प्राधिकरणले आजदेखि पुस १३ गतेसम्म बिहान ८ः३० बजेदेखि १० बजेसम्म जीवन बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*