नेरुडे लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्तालाई बनायो निराश
११ पुष २०८०, बुधबार १०:४५
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरुको हात खाली बनेपछि निराश बनेका हुन् ।
कम्पनीको मङ्सिर पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९।८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।
बैठकले २०८० असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।