बारामा भारतीय सार्प सुटर सुजित कुमार पेस्तोलसहित पक्राउ
११ पुष २०८०, बुधबार १०:१९
काठमाडौं । बाराको बिश्रामपुरबाट एक जना भारतीय सुटर पेस्तोलसहित पक्राउ गरेका छन् । भारतको मोतिहारी जिल्ला तिनकुनी बस्ने वर्ष ३२ का सुजित कुमार सिंहलगायतका व्यक्तिहरु हतियारसहित नेपाल प्रवेश गरेको भन्ने सूचनाका आधारमा बारा प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै गोली प्रहार गरेका सिंहलाई घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको हो ।
उनको साथबाट घरेलु हतियार, फाएर भएको गोलीको खोका र गोली बरामद गरेको बारा प्रहरीले जनाएको छ । सुजित विगत ५ वर्षदेखि बारा र रौतहटमा घटेका विभिन्न घटनामा गोली हानी हत्या गर्ने सार्प सुटर रहेको र उनीबारे थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ । सुजित बाराको कलैयामा रहेको बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्या गर्ने समूहको मुख्य सुटर रहेको समेत बताइँदैछ ।