६ कम्पनीको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । ६ वटा कम्पनीहरुले संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कम्पनीहरुले बिक्री खुला गरेको उक्त संस्थापक शेयरमा आज (पुस ११ गते) देखि पुस १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख २४ हजार ८३३ कित्ता शेयर प्रतिकित्ता न्यूनतम २०० रुपैयाँमा बिक्री खुला गरिएको छ । लगानीकर्ताले घटिमा १० हजार र बढीमा सबै कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
त्यस्तै, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको १ लाख ९ हजार ६७८ कित्ता शेयर प्रतिकित्ता न्यूनतम १२० रुपैयाँमा बिक्री खुला गरिएको छ । खरिदकर्ताले घटिमा १० हजार र बढीमा सबै कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ५ लाख २३ हजार ११२ कित्ता शेयर प्रतिकित्ता न्यूनतम ३२५ रुपैयाँमा बिक्री खुला गरिएको छ । आवेदकले घटिमा १० हजार र बढीमा सबै कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
यता प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.र गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको आइसिएफसि फाइनान्स लिमिटेडको क्रमशः ९२ हजार ६१६ र १ लाख ६१२ कित्ता शेयर प्रतिकित्ता न्यूनतम १७५ रुपैयाँमा बिक्री खुला गरिएको छ । यसमा घटिमा १० हजार र बढीमा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।
त्यस्तै, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको प्राइम कमर्सियल बैंकको ४९ हजार ७१७ कित्ता शेयर प्रतिकित्ता न्यूनतम ११० रुपैयाँमा बिक्री खुला गरिएको छ । यसमा घटिमा ५ हजार र बढीमा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।
त्यसैगरी, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको कुमारी बैंकको ५ लाख ४९ हजार ६२६ कित्ता शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा बिक्री खुला गरिएको छ । लगानीकर्ताले घटिमा २५ हजार र बढीमा सबै कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
यी कम्पनीहरुको शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा जो–कोहीले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर र सोको मूल्यसमेत खुलाई बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल थापाथली, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।