सरकारको ध्यानमा परेका बीमाको बिषयहरुः बीमा क्षेत्रको कार्यसम्पादनमा सुधार गर्न गृहकार्यदेखि पहुँचवृद्धि र स्वास्थ्य बीमा प्राथमिकतामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बीमा क्षेत्रको कार्यसम्पादन कमजोर देखिएको भन्दै सुधारको लागि गृहकार्यमा लागेको बताएका छन् ।बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा चिन्तित रहेको र सुधारका लागि गम्भीर गृहकार्यमा लागेको बताएका छन् ।
सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित बताएका हु्न् ।सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित बताएका हु्न् ।
उनले स्वास्थ्य बीमा २०७४ सालमै स्वास्थ्य बीमा ऐन ल्याइए पनि त्यसको भावना र व्यवस्थाअनुसार अघि नबढेको बिषय खुलाउदै आफनो कार्यकालमा प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् ।
स्वास्थ्य बिमा ऐन बमोजिम बिमाको प्रभावक कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत सुधार, बोर्डको क्षमता अभिवृद्धि, बलियो अनुगमन र मूल्यांकन संयन्त्र, बीमाको दायरामा वृद्धि र सबैको आबद्धता, उपचारका लागि अस्पताल लगायतका संरचना र सेवाको गुणस्तरमा व्यापक सुधार र जनशक्ति व्यवस्थापनका लागि सरकार तदारुकताका साथ लागिरहेको बताएका छन् ।
बीमा हालको रकमको दायरा बढाइने र आधारभूतबाहेक हाल सञ्चालित सबै निःशुल्क कार्यक्रमहरूलाई समेत एकीकृत रूपमा स्वास्थ्य बिमामा आवद्ध गरिने व्यवस्था सरकारले लागू गर्ने भएको छ । साथगै स्वास्थ्य बीमालाई केन्द्रमा राखी एकीकृत स्वास्थ्य पूर्वाधार विकास मापदण्ड अनसार स्वास्थ्य प्रणालीको विकासमा जोड दिइने बिषय पनि सरकारले समावेश गरेको छ।