लघुवित्त पीडितको समस्यालाई सरकारले अझै राम्रोसँग समाधान गर्नेछः प्रधानमन्त्री प्रचण्ड
१० पुष २०८०, मंगलवार १७:५१
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त पीडित, सहकारी पीडित तथा सूकुम्बासी समस्यालाई अझै राम्रोसँग सामाधान गर्ने बताएका छन् ।
सरकारले आफ्नो १ वर्षको अवधि पुरा गरेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै लघुवित्त पीडितहरुको समस्या अझै सहज तरिकाले समाधान हुने बताए । उनले राष्ट्र बैंकको मौन्द्रिक समीक्षा मार्फत पनि लघुवित्तको समस्या र ऋण चुक्ताको लागि समय थप गरेको समेत उनले बताए ।
साथै, उनले भने, ‘ हामीले मिटर ब्याजी पीडितहरुलाई एक साथ उनीहरुको जग्गाको लालपूर्जा उपलब्ध गराउने र १० लाख परिवारलाई खुशी दिनेछौं’ ।