प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दा उपप्रधानमन्त्री खड्का अनुपस्थित
काठमाडौं। प्रधानमन्त्री प्रचण्डले देशबासीका नाममा सम्बोधन गर्दा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अनुपस्थित भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट भएको सम्बोधन कार्यक्रममा क्याविनेटको दोस्रो बरियतामा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का अनुपस्थित भएका हुन्।
केही दिन पहिले कोप सम्मेलनमा जाँदा समेत प्रधानमन्त्री प्रचण्डले खड्कालाई नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी छोडेर गएका थिए । सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेतृत्व गर्ने खड्का अनुपस्थित हुनुको कारण भने बताइएको छैन। अन्य मन्त्रीहरुले भने प्रधानमन्त्री प्रचण्डले केही दिनअघि गरेको निर्देशन पालना गरेका छन् । प्रधानमन्त्री प्रचण्डले केहीदिन अघि नै पुस १० अघि कुनै पनि मन्त्रीले काठमाडौं उपत्यका नछोड्न निर्देशन दिएका थिए ।