देशबासीका नाममा प्रधानमन्त्री प्रचण्डको सम्बोधन, विजुलीको विषयबाट सम्बोधनको सुरुवात

१० पुष २०८०, मंगलवार १७:२०

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाल विद्युत आयात गर्ने मुलुकबाट निर्यात गर्ने मुलुकमा परिणत भइसकेको बताएका छन् । प्रधानमन्त्री कार्यालयबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमनत्री प्रचण्डले गएको आर्थिक वर्षमा मात्रै ३१.२८ प्रतिशत विद्युत निर्यात भएको बताउँदै नेपालले सयौं वर्ष पहिलेदेखि गर्न नसकेको उपलब्धि विगत ७ वर्षको अन्तरालमै गरेको बताए ।

कार्यकालको एक वर्ष पुगेको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै उनले भने, ‘विगत १०४ वर्षमा १०८ मेगावाट विजुली मुस्किलले उत्पादन भएकामा विगत ७ वर्षमा मात्रै २८ सय २२ मेगावाट विजुली उत्पादन भएको छ । तर, यसलाई नै उपलब्धि मान्ने पक्षमा म छैन ।’

जसका लागि आफुले छिमेकी भारत र चीनसँग पनि विद्युत व्यापारको सम्झौता अघि बढाएको र १० हजार मगेगावाट क्षमताको कर्णाली चिलिमेको अध्ययन अघि बढाउन लागेको बताए । उनले ९ सय मेगावाटको अरुण तेस्रो, १ हजार मेगावाटको माथिल्लो अरुण लगायत आयोजना अघि बढाउन सहजीकरण गरिएको प्रधानमनत्री प्रचण्डले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*