हिमालयन रिइन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँड, १० कित्ता सबैले पाउने
१० पुष २०८०, मंगलवार १५:३६
काठमाडौंं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते बुधबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने जानकारी दिएको छ।कम्पनीको आईपीओमा १६ लाख ६० हजार जनाको आवेदन परेको छ । कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जना आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ताको लागि आवेदन परेको छ।
कम्पनीको आईपीओ सबै आवेदकले न्युनतम १० कित्ता पाउने निश्चित छ ।
कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको थियो।