नेपाल लाइफको कोशी प्रदेश स्तरीय अभिकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

१० पुष २०८०, मंगलवार १५:३९

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल अन्तर्गतको बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोशी प्रदेश स्तरीय अभिकर्ता भेलाबाट खड्ग बहादुर परियारको अध्यक्षतामा २१ सदस्य कार्य समिती चयन भएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता दमक शाखा समितिका अध्यक्ष नविन ताम्राकारले गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि पेशागत बीमा अभिकर्ता संघ नेपालका निवर्तमान उपाध्यक्ष राजेन्द्र अमात्य रहेका छन् ।

साथै, कार्यक्रममा बरिष्ठ उपाध्यक्ष अम्बिका प्रसाद तेली, निवर्तमान सचिव राम कुमार बुढाथोकी, उपाध्यक्ष चन्द्रकला पौडेल, मधेश प्रदेश अध्यक्ष नरेश प्रसाद पटेल, केन्द्रीय बीमक समिति सदस्यहरु तेज प्रसाद प्रसाईं , सीता थेबे ,भक्ती प्रसाद भट्टराईले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन बीमक समिती सचिव तेज प्रसाद तिवारीले .गरेका छन् ।

साथै, खड्ग बहादुर परियारको अध्यक्षतामा चयन भएको कोशी प्रदेश समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमाजनक कोइराला, इला सापकोटा, दशरथ खरेल, सचिबमा श्री प्रसाल सिटौला , उप सचिबमा टिकाराम उप्रेती,  टिका राम चम्लागाई, जुनु अधिकारी,  कोषाध्यक्षमा बृन्दा कोइराला सदस्यहरुमा नरेश बन्जरा, कृष्णमाया चौधरी, धिरज अग्रवाल, जि.पि तिवारी, संगीता भुजेल, रक्षा कडरिया लगायत रहेका छन् ।

दमक ८ स्थित होटलको हलमा सम्पन्न कार्यक्रममा सयौ संख्यामा उपस्थित अभिकर्ताहरूले बीमित र अभिकर्ताका हक हितमा काम गर्ने संगठनका नव समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

2 thoughts on “नेपाल लाइफको कोशी प्रदेश स्तरीय अभिकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  1. गाेगन ब पराजुलि says:

    अबैध भेला गराएर संगठन काे बिधि बिधान बिपरित केहि मानिस जम्मा गर्दैमा प्रदेश स्तरिय भेला कदचित हुनै सक्दैन पेसागत बिमा अभिकर्ता संघ केन्द्र ले बैधानिक तवरबाट पहिले नै काेशि प्रदेस गठन हराइ सकेकाे कुरा पत्रकार मित्रलाइ जानकारि गराउदछु

  2. ऋषिराम भूसाल says:

    हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना छ अध्यक्ष लगायत नवनिर्बाचित कोशी प्रदेश कमिटीलाई !!!

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*