लक्ष्मी स्टील्सले १४.२५ प्रतिशत लाभांश वितरण गर्ने आईपीओ निष्काशनको प्रस्तावसहित साधारण सभा आह्वान
काठमाडौं । लक्ष्मी स्टील्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनी सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ८१ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।
कम्पनीले बोनस सेयर प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा पनि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुविधानगर तिनकुने काठमाडौंमा अपरान्ह १२ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
आर्थिक वर्ष २०७९।८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।