सगरमाथा लुम्बिनी इन्स्योरेन्सले किन्यो हिमालयन बैंकको शेयर

१० पुष २०८०, मंगलवार ११:२७

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड अब हिमालयन बैंकको संस्थापक शेयरधनी बनेको छ । कम्पनीले बैंकको संस्थापक शेयर खरिद गरेसँगै शेयरधनी बनेको हो ।

यसअघि बैंकको संस्थापक शेयरधनी रहेका धर्म भक्त मल्लको नाममा रहेको १ लाख ४१ हजार ११६ कित्ता शेयर सगरमाथा लुम्बिनीले खरिद गरेको हो ।

त्यस्तै, साविक सिभिल बैंकको संस्थापक सेयरधनी रहेको यश्वस्विका इन्टरनेशनल प्रा.लि.को स्वामित्वमा रहेको १५ लाख ९० हजार कित्ता शेयर रीता मल्लले खरिद गरेकी छिन् ।

त्यसैगरी, जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता शेयरमध्ये आशिष श्रेष्ठले १ हजार कित्त्ता र राम प्रसाद आचार्यले ५१ हजार ९१० कित्ता सेयर खरिद गरेको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*