बीमा प्राधिकरणमा पुनर्बीमा कम्पनीको कन्ट्री क्रेडिट रेटिङको फाइल पेन्डिङमा हुँदा अर्बौको व्यवसाय रोकियो, यो बर्षमात्रै तीन अर्बको घाटा
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कन्ट्री क्रेडिट रेटिङ रेटिङको फाइल बीमा प्राधिकरणमा अल्झिदा नेपाल पुनर्बीमा कम्पनीको अर्बौको व्यवसाय रोकिएको छ।
कम्पनीले अमेरिकी रेटिङ कम्पनीमा रेटिङ गराउनको लागि अमेरिकि एिम बेष्ट प्यालेस के्रडिट रेटिङ गराउन बीमा प्राधिकरणसँग अनुमति मागेको बिषयलाई वेवास्ता गरेको कम्पनीका निर्वतमान सिईओ शंकर कुमार रायमाझीले बीमापोष्टलाई जानकारी गराएको छन्।
नेपाल पुनर्बीमा कम्पनीले कन्ट्री वेसमा पहिलोपटक रेटिङ्ग गराउन लागेको हो । कम्पनीको यो निर्णयलाई प्राधिकरणले लत्याउदा युरोपबाट भित्र्ने अर्बौ रुपैयाँ व्यवसाय रोक्न प्रयासमा प्राधिकरण लागि परेको भन्दै आरोप समेत लगाएका छन्।
नेपाल पुनर्बीमा कम्पनी यस्तो संस्था हो । जुन कम्पनीबाट नेपालभित्रकै व्यवसायमात्रै नभई अन्तराष्ट्रिय व्यवसाय भित्रयाउने माध्यम पनि हो । कम्पनीले चालु आर्थिक बर्ष २०८०र८१ सम्ममा नेपालबाट २३ करोड रुपैयाँ रुपैयाँ पुनर्बीमा कम्पनीमार्फत बाहिरिएको छ ।
त्यस्तै, अन्तराष्ट्रिय पुनर्बीमा कम्पनीबाट २० करोड रुपैयाँमात्रै नेपालबाट भित्रिएको छ। नेपाली पुनर्बीमा कम्पनीले युरोपको क्रेडिट रेटिङ गराउन नसक्दा तीन करोड पुनर्बीमा कम्पनी घाटामै गएको तथ्यांकले देखाएको छ ।
हाल खाडी मुलुक र अधिंकाश छिमेकी मुलककै पुनर्बीमाको भर पर्नु पर्ने बाध्यता बढेको छ। नेपाल बीमा प्राधिकरणले एशियाको देशमा मात्रै निर्भर रहेर पुनर्बीमा कम्पनीको बाटो साँघुरो देखेको कारण युरोपबाट पनि व्यवसाय भित्रयाउको लागि प्राधिकरण रेटिङको लागि अनुमति लगाउदा समस्यामा परेको कम्पनीका सिईओ शंकर कुमार रायमाझीको रहेको छ ।