प्रभु हेलिकप्टरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
९ पुष २०८०, सोमबार १५:२१
काठमाडौं । प्रभु हेलिकप्टरले आईपीयो निष्काशन गर्ने प्रक्रिया अगाडी बढाएको छ । कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ । कम्पनीले आवश्यक प्रक्रिया पुरा गरी सेबोनबाट स्वीकृती पाएसँगै साढे ६ करोड रुपैयाँको आइपीओ जारी गर्ने भएको छ ।
प्रभु हेलिकप्टरका अनुसार ६ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँको दरले जारी गरिनेछ । बिक्री प्रबन्धक नियुक्तिको सम्झौता पत्रमा प्रभु हेलिकप्टरका प्रबन्ध सञ्चालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
व्यावसायिक योजनाअनुसार सर्वसाधारणमा आईपीओ जारीसँगै पब्लिक लिमिटेडमा जाने आफू मुलुककै पहिलो हेलिकप्टर कम्पनी हुने दाबी प्रभु समूहको छ ।