नेशनल लाइफ इन्स्योरेन्सले गर्यो १३ लाखको दाबी भुक्तानी

९ पुष २०८०, सोमबार ११:३७

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १३ लाखको दाबी भुक्तानी गरेको छ । कम्पनीको चन्द्रौटा शाखाले बीमितको परिवारलाई उक्त दाबी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका अनुसार कपिलवस्तु मायादेबी गाउँपालिका वडा नं. ८ निवासी बीमित तवरेज अहमद फकिरको असामयिक निधन भएको थियो ।कम्पनीले बीमितकी श्रीमती रेहाना खातुनलाई शाखा कार्यालयमै बोलाएर वैदेशिक रोजगार मृत्यु दाबी भुक्तानी बापतको १३ लाख रकम हस्तान्तरण गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*