७ विकास बैंकको लाभांंश घोषणा, कुनको कति ? (सूचीसहित)

९ पुष २०८०, सोमबार ११:१८

काठमाडौं । हाल नेपालमा सञ्चालित विभिन्न विकास बैंकहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गर्ने क्रम जारी रहेको हो ।

नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत रहेका १५ वटा विकास बैंकहरुमध्ये हालसम्म ७ वटा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् भने दुई वटाले लाभांश नदिने घोषणा गरेका छन् ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सबैभन्दा बढी बोनश शेयर वितरण गर्ने घोषणा गरेको छ । बैंकले यस पटक १० दशमलव ५ प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको हो । त्यस्तै, मितेरी डेभलपमेन्ट र मुक्तिनाथ विकास बैंकले पनि ९ प्रतिशतभन्दा बढी बोनश शेयर घोषणा गरेका छन् ।

ज्योति विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् । लाभांशमा अधिकांश विकास बैंकले सेयर बोनसलाई प्राथमिकता दिएका छन् ।

लाभांश घोषणा गरेका ७ विकास बैंकमध्ये पनि ३ वटा विकास बैंकको सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) भइसकेको छ । सांग्रिला, मितेरी र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुक क्लोज भइसकेकाले अब सेयर खरिद गर्नेले लाभांश पाउँदैनन् ।

बाँकी ४ वटा विकास बैंक मुक्तिनाथ, गरिमा, महालक्ष्मी र लुम्बिनी विकास बैंकको भने बुक क्लोज भइसकेको छैन । अहिले पनि सेयर खरिद गर्नेले यी ४ कम्पनीको लाभांश पाउने र साधारणसभामा भाग अधिकार राख्दछन् ।

बैंकहरुले प्रस्ताव गरेको लाभांश वितरण गर्नको लागि आफ्नो वार्षिक साधारण सभा पनि आह्वान गरेका छन् । बैंकहरुको आउँदो साधारण सभा र राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरेपश्चात मात्र शेयरधनीहरुले उक्त लाभांश पाउनेछन् ।

कुनले कति घोषणा गरे ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*