वैदेशिक रोजगारका क्रममा अशक्त भएका खानलाई सन नेपाल लाइफले गर्यो दाबी भुक्तानी
९ पुष २०८०, सोमबार ११:२५
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारका क्रममा अशक्त भएका एम.डी एब्रान खानलाई १२ लाखको दाबी भुक्तानी गरेको छ ।
कम्पनीका अनुसार खान सुनसरी निवासी कबिर मियाको एक्लो छोरो हुन् । उनी वैदेशिक रोजगारका क्रममा साउदी अरब गएका थिए । त्यहा कामको शिलशिलामा मेसिनले खानको एउटा खुट्टा काटिएको र अर्काे खुट्टा पूर्णरुपमा अशक्त भएको कम्पनीले जनाएको छ ।
कम्पनीको विराटनगर शाखाले वैदेशिक म्यादी बीमा अन्तगर्त १२ लाखको चेक उनकै श्रीमती, बुबा र आमाको अगुवाईमा हस्तान्तरण गरेको जनाएको छ ।