युनिभर्सल पावर कम्पनीको लाभांश घोषणा, बुकक्लोज र साधारण सभा कहिले ?

९ पुष २०८०, सोमबार १०:०६

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको ८.५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश गरि कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले आईपीओ निष्काशन गरेपछि पहिलो पटक लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १८ गते बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात पुस १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*