मार्जिन प्रकृतिको सेयर धितो कर्जा रियल स्टेट कर्जाको जोखिम भार घट्यो

८ पुष २०८०, आईतवार १८:१७

काठमाडौं । मार्जिन प्रकृतिको सेयर धितो कर्जा रियल स्टेट कर्जाको जोखिम भार घटेको छ ।चालु आवको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा आएको व्यवस्था कार्यान्वयनका लागि यस्तो निर्णय गरेको हो ।

५० लाख भन्दा माथिको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशत रहेको जोखिम भारलाई घटाएर राष्ट्र बैंकले १२५ प्रतिशत कायम गरेको छ ।

५० लाखसम्मको कर्जामा यसअघि नै १०० प्रतिशत जोखिम भार कायम गरिएको छ ।रियल स्टेट कर्जा लगायको जग्गाको विकास कर्जाका लागि पनि जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*