शेयर धितोमा ऋणको जोखिमभार १२५% मा झार्ने राष्ट्र बैंकको निर्णय, बढेको मूल्य अनुसार ऋण पाउने सुविधा

८ पुष २०८०, आईतवार १६:५३

काठमाडौं । राष्ट्र बैंकले आज जारी एकीकृत निर्देशिकामाथिको शंसोधनमा शेयर धितोमा प्रवाह हुने ऋणलाई थप सजिलो बनाइएको छ । जस अनुसार शेयर धितोमा प्रवाह हुने ५० लाख रुपैयाँसम्मको ऋणको क्यापिटल एड्यकेसी रेसियो १२५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो जोखिमभार १५० प्रतिशत रहेको थियो ।

नयाँ व्यवस्था अनुसार ५० लाख रुपैयाँ भन्दा बढि रुपैयाँको शेयर धितो ऋणको जोखिम भार १२५ प्रतिशत नै कायम गरिएको छ । नयाँ व्यवस्था अनुसार क्यापिटल एड्युकेसी फ्रेमवर्क २००७, २०१५ मा समेत शेयर धितो ऋणको जोखिमभार घटाइएसँगै अब ऋणीहरुले शेयर धितोमा ऋण लिन सजिलो हुने भएको छ । बैंकलाई समेत जोखिमभार कम हुने हुँदा यस तर्फ लगानी आकर्षित हुनेछ ।

हाल बृद्धि भएको शेयर मूल्यलाई समेत औषतमा गणना गरेर ऋण लिन पाइनेछ । त्यसको लागि भने माघसम्म कुर्नुपर्ने हुनसक्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*