नेप्से घटेतापनि १२ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

८ पुष २०८०, आईतवार १५:०६

काठमाडौं । कारोबार साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको सूरुवातिमा हरियाली छाएको नेप्से परिसूचकमा अन्तिममा दोहोरो अंकले घटेको हो ।

आइतबार नेप्से परिसूचक २१ दशमलव ०३ अंकले घटेर २०८८ दशमलव ०७ को विन्दुमा कायम भएको छ । नेप्से घटेतापनि आज कारोबार भएका ३०९ कम्पनीहरुमध्ये १२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

शेयर बजार घटेतापनि आज बोटलर्स नेपाल, कालिका पावर, सामलिङ्ग पावर, बिपिडब्लु लघुवित्त, चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स लगायत कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*