बीमा प्राधिकरण र धितोपत्र बोर्डमा विवादित निर्णय गरेको आरोपमा सचिव गौतम र सहसचिव शाक्यविरुद्ध आयोगमा उजुरी

नयाँ स्टक लाईसेन्सको उजुरी आयोगमा चाङ
८ पुष २०८०, आईतवार १४:३९

काठमाडौं । नयाँ स्टक लाईसेनसको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङ नै लागेको छ।गत सातामात्रै नयाँ स्टक एक्सचेञ्जको बिषयमा आयोगमा दुईवटा उजुरी परेको थियो । नेपाल सरकारका एक जना बहालवाला सचिव र एक जना सहसचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छ ।

गत साता मात्रै यसै बिषयमा आयोगमा उजुरी परेको थियो भने यसअघि लगानीकर्ताहरुले नै उजुरी दिएका थिए । स्रोतका अनुसार धितोपत्र बोर्डमै उनको नाममा कैयौं यस्ता पत्र आएको जानकारी बीमापोष्टलाई जानकारी भएको छ।

आयोगमा आइतबार सरकार सचिव फणिन्द्र गौतम र अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यविरुद्ध गम्भीर आरोप लगाउँदै आयोगमा उजुरी परेको हो ।उनीहरुले दुई नियामक निकायमा स्वार्थ (शंकर ग्रुप)को हितमा काम गरेको आयोगमा आज (आइतबार) सी–०३७३५८ नम्बरमा दर्ता भएको उजुरीमा उल्लेख छ ।

शेयर लगानीकर्ता सानु गुरुङले दिएको निवेदनमा शक्ति समूहको आडमा तत्कालिन बीमा समिति (हाल बीमा प्राधिरकण) को सञ्चालकमा नियुक्त हुने र उनीहरुको स्वार्थमा निर्णय गर्ने गरेको उल्लेख छ ।कानून मन्त्रालयका तत्कालिन सहसचिव फणिन्द्र गौतम २०७५ फागुन १० गतेदेखि तत्कालिन बीमा समितिमा सञ्चालक भएका थिए ।

त्यो समयमा उनी र समितिका अध्यक्ष चिरन्जीवी चापागाईको सहयोगमा हिमालयन रि–इन्स्योरेन्सलाई लाइसेन्स दिएको उजुरीमा उल्लेख छ । हिमालयन रि इन्स्योरेन्सलाई २०७८ सालमा लाइसेन्स दिएको छ ।
उक्त कम्पनीले सुरुमा केही काम गर्न सकेको थिए । तर अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै रितेश शाक्य २०७८ को अन्त्य तिर तत्कालीन बीमा समितिमा बोर्ड सदस्य भए पछि उनको नेतृत्वमा निर्देशिका बनाई बीमा समितिले सरकारी पुनर बीमा कम्पनीको काम खोसेर हिमालयन रि–इन्स्योरेन्सलाई आधा आधा दिएका थिए ।

२०७९ सालमा नेपालमा बीमा कम्पनी धेरै भएर मर्ज गरिदै गर्दा शाक्यको दबाब र नेतृत्वमा क्षेत्रीय लघु बीमाका नाममा पुन बीमा कम्पनीको लाइसेन्स खुलाउने कार्य भयो ।त्यो बेला एकै व्यापारिक समूहको ५ कम्पनीलाई छानीछानी लघु बीमा कम्पनीको लाइसेन्स दिएको छ ।’ उजुरीमा उल्लेख छ ।

स्वार्थ समूहले नयाँ स्टकको लाईसेन्स लिन र आफ्ना कम्पनीको सेयर अंकित मूल्यमा प्रिमियम थपेर निष्काशन गर्न दुवैलाई बोर्डमा लगिएको दावी गरिएको छ ।उजुरीमा यही उद्देश्य पुरा गर्नकै लागि धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई ल्याएको दावी छ ।

बोर्डमा अध्यक्ष हमालका साथै गौतम र शाक्य तीन जना जम्मा भएपछि सबै लाइसेन्स वितरणका लागि सुचना निकालेको, एक स्टक एक्सचेन्ज र २ कमोड़ीटी एक्सचेन्जको लाइसेन्सका लागि आवेदन माग गरेको, यसमा ठूलै नीतिगत भ्रष्टाचार हुन लागेको थाहा पाएपछि रोकिएको दावी गरिएको छ ।

गौतमको संयोजकत्वमा कमोड़ीटी एक्सचेन्जको लाइसेन्सका लागि मूल्याङकन उप समिति गठन भएको थियो ।गौतमको बढुवा भएर सचिव भएपछि उनी धितोपत्र बोर्डको सञ्चालकबाट हटेका छन् । उजुरीमा उल्लेख भए अनुसार ब्याक डेटमा हिमालयन कमोड़ीटी एक्सचेन्जलाई लाइसेन्स दिने गरी नम्बर दिएको र छनौट गरेको उल्लेख छ ।

बोर्ड अध्यक्ष हमाल रमेश हमालको कार्यकाल सकिन केही दिन मात्रै बाँकी रहेको समयमा स्टक एक्सचेन्जको लाइसेन्स दिनका लागि रितेश शाक्यको समेत दबाबमा एकै हप्ता सेबोनमा ४ पटक बोर्ड बैठक बसेको उल्लेख छ।
कार्यकालको अन्त्यमा विवादित काम गर्ने त्रासको कारण कर्मचारी र बोर्डका अध्यक्ष हमालबीच द्धन्द्ध समेत चर्किएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*